कांग्रेसले छानेको उम्मेदवारमा केसीद्वयको फरक मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८०, सोमबार १९:००

काठमाडौं । राष्ट्रियसभा उम्मेदवार चयनको विषयलाई लिएर नेपाली कांग्रेसका दुई नेताले फरक मत राखेका छन् । केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीको संयुक्त फरक मतमा उम्मेदवार चयनमा गम्भीर त्रुटि र स्वच्छाचारिता देखिएको टिप्पणी गरिएको छ । उम्मेदवार चयनमा सभापति देउवाको एकाधिपत्य र चरम एकक्षीय कार्यशैली देखिएको पनि दुई नेताको आरोप छ ।

केन्द्रीय कार्यसमितिको बैठकले स्पष्ट मापदण्ड बनाएकोमा त्यसको उल्लंघन गरेर निर्णयप्रति अविश्वनीयता खडा गरेको उनीहरूको भनाइ छ ।

यसअघि महामन्त्री गगन थापाले पनि उम्मेदवार चयनको विषयमा लिखितरूपमा फरक मत राखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१