जलन भएका व्यक्तिको उपचार र व्यवस्थापनका लागी बुढानीलकण्ठ र PHECT बिच सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८०, सोमबार ०७:५८

बुढानीलकण्ठ । जलनबाट पिडित विरामी तथा व्यक्तिहरुको उपचार र व्यवस्थापनका लागी बुढानीलकण्ठ नगरपालिका र पब्लिक हेल्थ कन्सर्न ट्रष्ट नेपाल (PHECT) बिच सम्झौता भएको छ ।

पौष १९ गते (बिहिबार) नगर प्रमुख मिठाराम अधिकारी र PHECT का कार्यकारी निर्देशक डा. भरत कुमार प्रधान (श्रेष्ठ) ले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, नगर प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, नगरअस्पताल विज्ञ परामर्श समिति संयोजक डा. भगवान कोईराला, समिति सदस्य डा. गणेश गुरुङ, डा. प्रदिप ज्ञावाली, डा. कालु खत्रि, मिना पुन, वरिष्ठ जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहाल र परिवार नियोजन निरिक्षक उमेश गौतमको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१