नङ्देन अर्थात् ( खप्पर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८०, सोमबार ०७:३७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका अन्तर्गत सलाङ्कट्टी, ( साङ्छ्योलीङ्ग गुम्बामा) हजारौ बर्ष पुरानो मानिएको खप्पर !! भोटेकोशी गाउँपालिकाको लामाहरूको भनाई अनुसार भर्तोकडाँडामा एक औतारी लामाले तपस्या गरी बसेका थिए। उन्को म्रित्यु भएपश्चात लास जलाउन खोज्दा हिँउ परेर तोकिएको स्थानमा लैजना सकिएन र सोहि ठाँउमा लास जलाईयो।लास आगोले जल्यो र तत्काल टाऊको पड्केको ठूलो आवाज आयो तर टाउको खप्पर उडेर हुत्तै गएको थियो। केही समयपश्चात सोही ठाउँमा भेडा चराउने एक गोठालोले उक्त खप्पर फेलापारे । खप्पर तेसैबेला देखि साङ्छ्योलिङ्ग गुम्बामा।ल्याएर राखियो र शेर्पा जातिहरूले खप्परलाई मुक्ति दिने भगवानको रुपमा मान्दै आईरहेको छ। अौतरी लामाले भर्तोकडाँडामा गुफा बनाई बस्दा पानी खान नपाए पश्चात धारीलो हतियारले जमिनमा खोपेर पानी निकालेका थिए।र हाल उक्त ठाउँमा पानी आईरहेको र त्यस पानीको मुहानमा नुहाएमा सबै पाप नास हुने कुरामा शेर्पा जातिहरूमा अहिलेसम्म बिस्वास छ। खप्पर कस्तो छ ? खप्परको दाँयाँ, बाँयाँ चन्द्र सुर्यको आकार छ भने बीच भागमा ३ वटा शिर भएको भगवानको चित्र अंकित छ। खप्परमा लामा भाषामा ॐ मनि पद्मे हुँ’ भन्ने शब्द प्रस्टै देखिन्छ। खप्परमा सानो थोप्लाहरु अनगिन्ती छन, दाँतको आकर छ्योरतेनको जस्तो देखिने। जसलाई शेर्पा जातीले कामका शुभलक्षण प्राप्त गर्न दर्शन गर्ने गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१