नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्न लागिएकामा आपत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८०, सोमबार ०७:१८

काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका पूर्वपदाधिकारीले सो कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए ।

सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत शिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । दुई निकाय समायोजनका विषयमा मन्त्रालयले प्रक्रिया अगाडि बढाएकामा उनीहरू असन्तुष्ट छन् । प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले ट्रेकिङ गाइड, हिमालसम्बन्धी प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको जिकिर गरिन् । प्रतिष्ठान खारेज गर्न खोजेर सरकारले गैरजिम्मेवारपन देखाएको उनको भनाइ छ ।

नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१