पार्किंग निःशुल्क गर्न नेपाल मेडिकल कलेजलाई नगर प्रमुख दिपक रिसालको अनुरोध पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८०, सोमबार ०७:१५

काठमाडौं । नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले  पत्र पठाएका छन् । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाउनका लागि सो पत्र पठाइएको हो ।

नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई अस्पताल परिसर भित्र सवारीसाधन पार्किङ्ग गर्दा पार्किङ्ग शुल्क लिइएकोमा गोकर्णेश्वर नगरवासी एवं आम सेवाग्राहीहरुले व्यापक गुनासो व्यक्त गरेको हुनाले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाई अस्पतालको सेवा सुलभ गर्न तत्काल निःशुल्क पार्किङ्गको व्यवस्था गर्न पत्रमा अनुरोध गरिएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक प्रो.डा. जैनुद्दिन अन्सारीले पार्किङ्ग निःशुल्क गर्ने सम्बन्धमा कलेज सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१