सूर्य अस्ताउने समयमा भुलेर पनि नगर्नुस् यी ४ काम ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ कार्तिक २०७१, मंगलवार ०६:४१

हामीले शास्त्रमा उल्लेखित दैनिक ब्यवहारहरु पालना गर्दैनौं । तर यस्ता ब्यबहारमा ख्याल गर्दा जीवनमा सुखी हुन सकिने शास्त्रविदहरु बताउँछन् । शास्त्रमा उल्लेख भए अनुसार कतिपय यस्ता कुरा छन् जुन कुरामा ध्यान नदिँदा हामी दुःखी, विरामी र दरिद्र हुन्छौं ।




कुन काम गर्नु हुँदैनः

वारि खलु काय्याणि सन्ध्याकाले विवर्जयेत्।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम्॥
यो श्लोकको अर्थ हो विशेष रूपमा पति-पत्नीले साँझको समयमा मर्यादा पालना गर्नु पर्छ । सूर्य अस्ताउने समयमा पति पत्नीले संसर्ग गर्नु हुँदैन ।

पहिलो कामः

पति र पत्निले साँझको समयमा अत्याधिक सावधानी अपनाउनु पर्छ । यो समयमा प्रेम क्रिडा र प्रेमालाप राम्रो मानिँदैन । साँझको समयमा लक्ष्मी पृथ्वीको भ्रमणमा आउने विश्वास गरिन्छ तसर्थ साँझको समयमा यौन क्रियालाप गर्नु राम्रो मानिँदैन । यो समयमा पुजा पाठ वा धुप दीप गर्नु सबैभन्दा उत्तम रहेको शास्त्रमा उल्लेख छ ।

 

दोश्रो कामः

हामीले साँझको समयमा भोजन ग्रहण गर्नु हुँदैन । खाना खानका लागि खराव मानिन्छ यो समय । यो समयमा भोजन गर्दा पेट सम्बन्धी विरीमी हुने र कब्जियत हुने बताइन्छ । यदि कुनै पनि ब्यक्तिलाई साँझको समयमा अत्याधिक भोक लागेमा पनि जुस खानु राम्रो हुन्छ ।

 

तेश्रो कामः

साँझको समयमा कहिले पनि सुत्नु हुँदैन । सूर्यास्तको समय सुत्नै नहुने शास्त्रमा उल्लेख छ । यो समयमा सुत्दा अनिद्रा हुने र तनाव बढ्ने बताइन्छ । यो समयमा सुत्दा शरीरमा उर्जा असन्तुलनको समस्या हुने शास्त्रमा उल्लेख छ । यस कारण चक्कर लाग्ने वा टाउको दुख्ने हुन सक्छ ।



चौथो कामः

साँझको समयमा बेद वा अन्य शास्त्र पाठ गर्नु पनि अशुभ मानिन्छ । यतिबेला ध्यान वा पुजा गर्नु राम्रो भएपनि बेद पाठ साँझमा गर्नु हुँदैन । बेदपाठ विहानको समयमा गर्नु उत्तम मानिन्छ ।
यसर्थः साँझको समयमा भोजन, यौन क्रिडा, निद्रा र बेद पाठ गर्नु हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१