टोखा नगरपालिका वडा नं ५  को आयोजनामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न (फोटो भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०८०, बिहीबार ०९:४४

काठमाडौं । टोखा नगरपालिका वडा नं ५  को आयोजना तथा शुभम मल्टिमिडियाको सहजीकरणमा आयोजित वडा सन्जाल मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं ५ को सभाहलमा  भएको कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालीकाका उप प्रमुख मुरारी तमागं, सभा अध्यक्ष वडा अध्यक्ष मदन गुरुङ  ,बिशेष अतिथि कार्यक्रम संयोजक  मुकुन्द ढुंगाना,मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरि उपरक्षक एस पि ज्ञानेन्द्र प्रसाद फुयाल,अधिबक्ता पुष्पराज पौडेल,अधिबक्ता एसबि थापा, टोखा नगरपालीका सामाजीक समाबेशिकरण शाखाका प्रमुख साबित्री न्यौपाने वडा सदस्य अन्जना बोहोरा,आशा परियार मनिक श्रेष्ठ,प्रेम कुमार सुनुवार , ,राजनितिज्ञ ,शिक्षा बिद् ,बुद्दिजिबी ,व्यवसायी ,कलाकार पत्रकार र  वडाबासी आमा दिदिबहीनिहरु सहित सम्पुर्ण स्कुलबाट प्रतिनिधित्व गरेर आउनुभएका बिध्यार्थिहरु सहित ३०० जनाको उपस्थिति रहेको थियो। भने कार्यक्रममा स्वागत मन्तब्य सभा अध्यक्ष वडा अध्यक्ष मदन गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालीकाका उप प्रमुख मुरारी तमागंले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कार्यक्रमले महिला बालबालिकालाई बौद्धिक स्तर बढ्नुको साथै समाजमा हुने हरेक गतिबिधिबारे प्रतक्ष्य महिला बालबालिकाहरुलाई थाहा हुने हुदा यस्तो कार्यक्रम हरेको स्थानीय स्तरमा संचालन भैरहेको जानकारी गराउनुभयो । उहाले भन्नुभयो वडा वडामा महिला  बालबालिकालाइ मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि जानकारी गराउन सके भोलिका दिनमा महिला बालबालिका आफै जानकार हुने बताउनुभयो ।

आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरि उपरीक्षक एसपि ज्ञानेन्द्र प्रसाद फुयालले प्रशिक्षण गर्नुभएको थियो । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानुनि बिषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो।

सो कार्यक्रममा अधिबक्तापुष्पराज पौडेलले महिला बालबालिकाको अधिकार र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानुनि बिषयमा बालबालिका र महिलालाइ बिशेष टेवा पुग्ने बिषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभयो भने अधिबक्ता सामाजिक अभियान्ता एसबि थापाले  समाजमा महिला  बालबालिकाको भूमिका र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि बिषयममा सरल र सहज प्रशिक्षण सहित अन्तर्क्रिया गराउनुभएको थियो।

कार्यक्रममा टोखा नगरपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुखले बालबालिकालाई यस्ता मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कार्यक्रमले  झन् सक्रिय बनाएर लैजाने र बेला बेलामा एस्तो कार्यक्रमको आयोजना गरिरहनुपर्ने बताउनुभयो । महिला तथा बालबालिकाहरु आफ्नो अधिकारबाट बन्चित नहोस भन्नको लागि यस्ता कार्यक्रमले ठुलो मद्दत समेत पुग्ने जानकारी गराउनुभएको थियो।

कार्यक्रममा वडामा भएका सम्पूर्ण स्कुलका भाइबहिनीहरुलाई समेटिएको थियो भने वडा अध्यक्षको प्रमुख संरक्षकमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति वडा सदस्य हरिकृष्ण श्रेष्ठको अध्यक्षमा नौ सदस्यीय कार्यसमिति रहने गरि भएको निर्णयलाई प्रमुख अतिथि तथा  उप प्रमुखले बधाई तथा शुभकामना दिदै आगामी दिनमा द्रुत गतिमा अगाडी बढ्न सुभकामना समेत दिनुभएको थियो  ।

कार्यक्रममा उपस्थित सबैलाई नोट बुक र डटपेन दिएर मुख्य बिषय नोट समेत गर्न लगाइएको थियो भने  खाजाको व्यवस्था गरि कार्यक्रम मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिका  वडा सदस्य हरिकृष्ण श्रेष्ठको अध्यक्षमा समापन गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१