सत्तारुढ दलबीच टुङ्गिएन भागबण्डा, बैठक निश्कर्षविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०८०, बिहीबार ०७:११

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको भागबण्डालाई लिएर बसेको सत्तारुढ गठबन्धन दलको बैठक निश्कर्षविहीन भएको छ । आज करिब २ घण्टा लामो बैठकले दलहरुबीचको भागबण्डा टुंग्याउन नसकेको हो ।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आजको बैठकमा एमालेको नौ सिट कसरी बाँडफाड गर्ने भन्नेबारे छलफल भएको बताए । साथै, एमालेलाई पनि राष्ट्रिय सभामा भाग दिने बारेमा क्लियर हुन आवश्यक रहेको उनले बताए । एमाले अधयक्ष केपी शर्मा ओलीले आफूहरुलाई राष्ट्रिय सभा निर्वाचनमा शून्य नबनाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रस्ताव गरेपछि एमालेलाई कसरी सहभागी गराउने भन्ने बारे कुरा उठेको उनको दाबी छ ।

‘एमाले पार्टीकै नौ सिट खाली हुँदैछ । अरु पार्टीको त आफ्नो आफ्नै ढंगले ज–जस्को जे हो त्यही कायम रहने भन्दा पनि हुन्छ । यो नौ सिटका बारेमा हामी कसरी जान्छौं भन्ने खालको सरसल्लाह भयो । सरसल्लाह टुङ्गिएको छैन,’– नेता पाण्डेले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१