धापासी जेसीज बर्ष २०२४ को अध्यक्षमा प्रवल गौतम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०८०, मंगलवार १४:०७

काठमाडौं  । धापासी जेसीजको नवनिर्वाचित कार्यसमिति चयन भएकोे छ । सोमबार आयोजित एक समारोहबीच  जेसीज बर्ष २०२४ को अध्यक्षमा प्रबल गौतम सर्वसम्मत चयन भएका छन् । सोमबार धापासीमा सम्पन्न १८ औं शाखा अधिवेशनबाट गौतमको नेतृत्वमा ७ सदस्यीय शाखा कार्यसमिति चयन गरिएको हो । अन्य महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकारको चयन हुन बाकी रहेको अध्यक्ष गौतमले बताए ।

धापासी जेसिजको कार्यकारी उपाध्यक्षमा अर्जुन गिरी र अनुता आचार्य चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सुहाना अधिकारी, आषिश शर्मा, बिपुल घिमिरे र पदम मगर सर्वसम्मत चयन भएका हुन् ।
नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण यही जनवरी २०२४ भित्र भव्य कार्यक्रमकाबीच गरिने बर्ष २०२३ का अध्यक्ष सुरज अधिकारीले बताए ।
नवनिर्वाचित बर्ष २०२४ का अध्यक्ष प्रवल गौतम नेपाल क्रिकेट संध (क्यान) का राष्ट्रिय क्रिकेट टोलीका पूर्व ब्यवस्थापक तथा हाल क्रिकेट अफिसरको रुपमा आबद्ध छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१