जनमतका मन्त्री तथा सांसद ४ घण्टापछि रिहा, गृहमन्त्री श्रेष्ठ आफै पुगे छुटाउन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०८०, मंगलवार ०८:०९

काठमाडौं। सरकारले निषेधित क्षेत्र तोकेको माईतीघर मण्डलामा धोती दिवस मनाउन पुगेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

‘धोती दिवस’ मनाउन माइतीघर मण्डलमा भेला भएकाका बेला पक्राउ परेका जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायत नेता कार्यकर्ता दिउँसो २ बजे रिहा भएको जनमत पार्टीले जनाएको छ ।

पक्राउ परेका मन्त्री तथा नेतालाइ छुटाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफै पुगेका थिए । धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिन, पक्राउ परेकाहरूलाई छाड्नुपर्नेलगायतका माग राखेर मन्त्रीले अनसन पनि थालेकी थिइन् ।

सरकारको कदमविरुद्ध जनमत पार्टीका कार्यकताले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले अध्यक्ष राउत, मन्त्री अनिता देवीसहित नेता कार्यकर्ता पक्राउ गरेर पुलिस क्लबमा राखेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१