चौथो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०८०, सोमबार ०७:१८

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका स्तरीय “चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०” पौष १४ गतेबाट सुरु भएको छ । सामुदायिक र संस्थागत ४० वटा माध्यमिक विद्यालयहरू सहभागी भएका यस प्रतियोगिताको पौष १४ गते नगर खेलकुद विकास समिति संयोजक एवं वडा नं ०८ अध्यक्ष सुमन तामाङले एक औपचारिक कार्यक्रम मार्फत उत्घाटन गर्नुभएको थियो । वडा नं ०५ स्थित बूढानीलकण्ठ स्कुल खेल मैदानमा सञ्चालन भईरहेको प्रतियोगिता पौष १४, १६ र १७ गते ३ दिन सम्म चल्ने छ ।

बुढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा भईरहेको प्रतियोगितामा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), ट्रयाक दौड र रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , मार्सल आर्ट लगायत तेक्वान्दो जस्ता खेलहरु समावेश छन् । जसअन्तर्गत १४९३ जना खेलाडिहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाएका छन् ।

पौष १४ गते उत्घाटनको दिन भलिबल पुरुष/महिला र कबड्डि पुरुष/महिला विधाका खेलहरु सञ्चालन भएका थिए । एथलेटिक्सका खेलहरु भने पौष १६ र १७ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

खेलहरु सञ्चालन गर्नकालागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षक तथा रेफ्रीहरुले सहकार्य गरिरहेका छन् ।

समाजिक विकास समिति संयोजक शान्ता दाहाल पुडासैनीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा नगर खेलकुद संयोजक सुमन तामङ हुनुहुन्घथ्यो भने नगर प्रवक्ता नवराज भट्टराई, वडा नं ०१ अध्यक्ष सुरेन्द्र लामा, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ०३ अध्यक्ष आकाश धिताल, वडा नं ०४ अध्यक्ष श्री राम के.सी., वडा नं ०५ अध्यक्ष कृष्ण ठकुरी, वडा नं ०६ अध्यक्ष रवि खड्का, वडा नं ०७ अध्यक्ष वसनारायण महर्जन, वडा नं ०९ अध्यक्ष सुमित्रा त्रिपाठि पाण्डे, वडा नं ११ अध्यक्ष राजु अधिकारी, वडा नं १३ अध्यक्ष टिकेस नारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम अर्याल, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंह, महाशाखा अधिकृत अनिता खनाल, विभिन्न वडाका सदस्य, नगरपालिका महाशाखा तथा शाखा कर्मचारीहरु, नगर स्काउट, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक/शिक्षिका लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशीक्षक र रेफ्रिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताबाट छानिएका उत्कृष्ठ बिद्यालयहरु मध्य सबै खेलहरुको मुल्याङ्कन अनुसार प्रथम हुने विद्यालयलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै दोस्रो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१