बालकुमारी घटनाः ज्वालाको मन्त्री पद धरापमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०८०, सोमबार ०६:५६

काठमाडौं। गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी लतितपुरका बालकुमारीमा घटेको घटनालाई लिएर भौतिक पूर्वाधारत तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा तानिएका छन् । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहु्ँदै सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । उक्त घटनलाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा व्यापक प्रदर्शन भएको छ । प्रदर्शनमा स्वतस्फूर्त सहभागी भएका युवाहरुले मुख्य सडकसमेत चक्काजाम गरेका थिए ।

कोरिया भाषा परीक्षाबारे विवादमा आन्दोलनरत युवाहरुले बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजानीसमेत गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । उक्त विषयलाई लिएर प्रतिनिधि सभाको राज्य व्यवस्थापन तथा सुशासन समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई भोलिको बैठकमा बोलाएको छ । समितिका सभापति रामहरि खतिवडाले प्रदर्शन छ भन्ने थाहा हुँदाहुँदै मन्त्रीले सो बाटो प्रयोग गर्नु गलत भएको बताए । आफूहरुले उक्त घटनालाई गम्भीर रुपमा लिएको खतिवडाले बताए ।

‘प्रदर्शन छ भन्ने थाहा हुँदाहुँदै मन्त्री त्यही बाटो किन हिँड्नुपर्थ्यो ? बाटोहरु त धेरै थिए । मन्त्री र मन्त्रीको पिएसओहरुको पनि कमजोरी देखिन्छ,’- रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सभापति खतिवडाले भने ।

प्रदर्शन भइरहँदा मन्त्री ज्वाला सवार गाडी सोही बाटो आएपछि भीड झनै आक्रोशित बनेको थियो । तर, मन्त्री ज्वालाले आफू सो गाडीमा नरहेको झुठो स्पष्टीकरण दिएका छन् । घटनाबारे प्राप्त भिडिओहरुले उनी सोही गाडीमा सवार रहेको पुष्टि गर्छ । दुई जना होनाहार युवाले देशमा रोजगार नपाएपछि विदेश जान देउ भन्दै गरेको प्रदर्शनमा घटेको दुःखद् घटनाबारे मन्त्री ज्वालाले दिएको झुठो स्पष्टीकरण आफैंमा गैरजिम्मेवार र लज्जास्पदसमेत छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१