घरको मुख्यद्वार कता र कस्तो बनाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०८०, सोमबार ०६:४६

घरको सबैभन्दा प्रमुखद्वारा वा मूलढोका नै घरको मुख हो । घरको मुख्य ढोका बालियो र राम्रो बनाउनुपर्छ भनेर बुढापाकाले पनि भन्ने गर्छन् । मूलढोकालाई वास्तु शास्त्रले पनि निकै ध्यान दिएको छ ।

घरको मूल प्रवेश ढोकाका लागि उत्तर, उत्तरपूर्व, पश्चिम वा पूर्व दिशालाई सबैभन्दा उत्तम दिशा मानिन्छ । यी दिशा घरको मूलढोकाका लागि शुभ हुन्छन् ।

वनस्पतिशास्त्रअनुसार घरको प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ भनिएको छ । यसका साथै घरको ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ । घरको कुनै पनि ढोका धरातल भन्दा तल हुनुहुँदैन । पर्खालको पूर्व र उत्तरतर्फ प्रमुखद्वारा बनाउनु उचित हुन्छ ।

शास्त्रकाअनुसार घरको ढोका आफ्नो खुल्ने र आफैँ बन्द हुने खालको हुनु हुँदैन । वास्तुमा घरको मुख्यद्वार वास्तु मण्डलको शिराहरू एवं वंश (वास्तु मण्डलको रेखा) तथा वास्तु मण्डलको मर्म स्थल हुनु राम्रो मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१