ओठको रङ्गबाट थाहा पाउन सकिन्छ स्वास्थ्य अवस्था

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०८०, आईतवार ०८:३६

काठमाण्डौ। ओठको रङ्गले शरीरको भित्री गतिविधिहरू जस्तै रगतको स्तर, बडी फङ्शन मात्रै होइन शरीरको तापक्रम समेत बताउँछ । ओठको रङ्गमा अचानक परिवर्तन देखिएको छ भने यसलाई बेवास्ता गर्ने गल्ती चाँहि नगर्नुहोला ।

ओठको रङ्गले गर्ने इशारा

हरेक व्यक्तिको ओठको रङ्ग जन्मजात नै फरक फरक हुन्छ । तर सामान्य रङ्गबाहेक ओठको रङ्गमा परिवर्तन आउन लागेको छ भने यसलाई बेवास्ता गर्नु हुन्न । किनकि यसले स्वास्थ्यसँग सम्बन्धित कयौँ सङ्केत बताइरहेको हुन सक्छ ।

गुलाबी वा सेतो

ओठ अलिअलि गुलाबी, सेतो वा खैरो भयो भने हात र खुट्टा दुबैतिर चिसो महसुस हुन्छ । पेल पिंक, ह्वाइट वा ग्रे लिप्स रक्तअल्पताको लक्षण हुन सक्छ । यस्तो लक्षण देखियो भने आहारमा आइरन पर्याप्त पाइने हरियो तरकारी, खजुर आदि खानु पर्छ ।

रातो वा कालो

लगातार धूम्रपानका कारण ओठको रङ्ग गाढा रातो वा कालो हुन्छ । तर तपाईँले धूम्रपान गर्नु हुन्न तर पनि ओठको रङ्ग गाढा रातो वा कालो भएको छ भने यसको अर्थ तपाईँको डाइजेशन प्रणालीले ठिकसँग काम गरिरहेको छैन । यस्तोमा तपाईँलाई तारनतार दिशा लागिरहने, एसिडिटी वा कब्जियतको समस्या हुन सक्छ । यो समस्याबाट मुक्ति पाउन तपाईँले प्रोटिन पर्याप्त पाइने भोजन जस्तै कुखुराको मासु, दूध, अन्डा, दही आदिको सेवन गर्न जरुरी हुन्छ ।

रातो

ओठको रङ्ग रातो हुनु राम्रो मानिन्छ । तर अचानक कसैको ओठ रातो हुनु चाँहि कलेजोमा समस्याको सङ्केत हो । यस्तोमा व्यक्तिलाई बेला बेलामा खाइरहन मन लाग्छ । यसका कारण तौल बढ्न पनि सक्छ ।

बैजनी वा हरियो

ओठ बैजनी वा हरियो चाँहि जाडोका कारण हुन्छ । तर चिसो नभएको बेलामा पनि ओठको रङ्ग बैजनी वा हरियो हुनु भनेको चाँहि मुटु वा श्वासप्रश्वाससँग सम्बन्धित समस्यातर्फ सङ्केत गर्छ ।

सुख्खा ओठ

ओठ सुख्खा हुनु शरीरमा पानीको मात्रा नपुगेको सङ्केत हो । लामो समयसम्म ओठ सुख्खा हुन्छ भने तपाईमा हाइपोथायराइडको समस्या हुन सक्छ । कमजोर महसुस हुनु, खोकी लाग्नु, तौल बढ्नु आदि हाइपोथायराइडको लक्षण हुन् ।

बेरङ्ग ओठ

बेरङ्ग ओठ खराब स्वास्थ्यको सङ्केत हो । कहिलेकाँही औषधिको सेवनका कारण पनि ओठको रङ्ग फेरिन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१