देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पार्नुभयो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०८०, आईतवार ०७:२६

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको छ ।

ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको हो ।

रास्वपाले पुत्ला बनाएर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको हो । रास्वपाले प्रधानमन्त्रीलाई रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो ? भनेर प्रश्न गरेको छ ।

यस्तै ‘प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’ का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ ?’ रास्वपाले गृहमन्त्रीको राजीनामा समेत मागेको छ ।

उसले ‘हिजोको घटनापछि तपाईँ यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू, जवाफ चाहियो, दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनुभयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो, आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू जवाफ चाहियो ।’ लगायतका प्रश्नहरू गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१