न्यायाधीश थपलियामाथि कारबाही प्रक्रिया जारी छ, अवाञ्छित प्रभाव पार्ने समाचार नलेख्नू : न्याय परिषद्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०८०, आईतवार ०७:१७

काठमाडौं।  न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै परिषद्ले न्याय परिषद् ऐन २०७३ को दफा २१ अनुसार सफाई पेस गर्न सूचना दिइ कारबाही प्रक्रिया चलिरहेको जनाएको छ । थपलियाले कार्यक्षमता, आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालन गरे नगरेको भन्ने विषयमा परिषदद्वारा गठित छानविन समितिले दिएको प्रतिवेदनउपर भएको निर्णय अनुसार उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त छानबिनबारे न्याय परिषदको निर्णयबमोजिम तोकिएका न्यायाधीश र कर्मचारीउपर आक्षेप लगाउने किसिमबाट अनलाइन सञ्चार माध्यमबाट समाचार सम्प्रेषित भएको भन्दै परिषदको ध्यान आकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

न्याय परिषद्को संवैधानिक तथा कानुनी दायित्वअन्तर्गत विचाराधीन काम कारबाहीमा कुनै प्रकारको अवाञ्छित प्रभाव पार्ने किसिमबाट सम्प्रेषित समाचारप्रति आपत्ति प्रकट गर्दै परिषदले यस्ता समाचार सम्प्रेषण नगर्न नगराउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१