नक्कली नोट सहित महिला पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८०, शुक्रबार १३:४१

काठमाडौँ | राजधानीको गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

थप अनुुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१