पुरुष फुटबल हेर्ने कोशिस गरेको भन्दै महिलालाई १ वर्ष कैद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७१, सोमबार १४:५१
१७ कात्तिक, एजेन्सी ।इरानमा पुरुषको भलिबल प्रतियोगिता हेर्ने कोशिस गरेको भन्दै एक इरानी मुलकी बेलायती महिलालाई एक वर्षको जेल सजाय सुनाइएको छ ।लण्डनबाट कानुनमा स्नातक २५ वर्षीया गोन्चे गुवामीलाई जुनमा तेहरान स्टेडियमबाट हिरासतमा लिएर उक्त कैद सजाय सुनाइएको उनका वकिलले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।
गोन्चेका वकिल अलीजादेह तबातबाईले इरानी मिडियासँगको कुराकानीमा अदालतले उनलाई एक वर्षको कैद सजाय सुनाएको जानकारी दिएका हुन् । उनले सजायको कुनै कारण भने खुलाएनन् । इरानी अधिकारीहरुका अनुसार गुवामीको गिरङ्खतारीमा भलिबल प्रतियोगिताको कुनै लिनुदिनु नरहेको बताएका छन् ।
बरु उनलाई सुरक्षाका कारण पक्राउ गरिएको दावी गरिएको छ । उनलाई विगत १२६ दिनदेखि तेहरानको कुख्यात जेल ‘एभिन प्रिजन’मा राखिएको छ । गुवामीका परिवारजन र साथीहरुले उनको रिहाईको माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१