प्रधानमन्त्री कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८०, शुक्रबार ०७:४१

काठमाडौं । सरकारले प्रधानमन्त्री तचथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१