बुढानीलकण्ठ नगरपालिकामा “चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०” को तयारी पुरा पौष १४, पौष १६ र पौष १७ गते संचालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८०, शुक्रबार ०७:२१

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकामा पौष १४ गतेदेखि नगरपालिका स्तरीय “चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०” संचालन हुन लागेको छ। प्रतियाेगितामा नगरपालिका स्थित १२ वटा सामुदायिक र २८ वटा संस्थागत गरि ४० वटा माद्यमिक विद्यालयहरू सहभागी हुनेछन् ।

पुस १२ गते भएको आयोजक समितिको वैठक मार्फत प्रतियाेगिताकाे पूर्ण रुपमा तयारी भईसकेको र पौष १४ गते बिहान ८ बजेबाट सबै खेलहरु क्रमश सञ्चालन हुने नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी गराएको छ । आयोजकका अनुसार खेलहरु पौष १४, पौष १६ र पौष १७ गते संचालन हुनेछन् ।

यस प्रतियाेगितामा समावेश गरिएका खेलहरूमा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), दौडतर्फ ट्रयाक दौड र रिले दौड, उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ , र मार्सल आर्ट तर्फ तेक्वान्दो रहेका छन् ।
जसअन्तर्गत १४९३ जना विद्यार्थीहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाउने नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनुभयो । सबै प्रकारका खेलहरु वडा नं ०५ स्थित बुढानीलकण्ठ स्कुल खेल मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताबाट छानिएका उत्कृष्ठ विद्यालयहरु मध्य सबै खेलहरुको मुल्याङ्कन अनुसार प्रथम हुने विद्यालयलाई ५० हजार जगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै चौथो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने छ ।

साथै समावेश भएका हरेक खेल पश्चात उक्त खेलमा प्रथम, चौथो र तेस्रो हुनेलाई सोहि स्थानमै मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१