कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०८०, बिहीबार ०७:५८

काठमाण्डौं। सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीले गरेका काममाथी समिक्षा, राष्ट्रियसभाको चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।

प्रचण्ड नेतृत्व सरकारमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट नौ जना मन्त्री सरकारमा सामेल रहेका छन् । मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएपछि आजको बैठकमा मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१