सबैलाई जानकारी दिएर २९ वर्षे महिलाले गरिन् मृत्युवरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७१, सोमबार १४:३७

न्युयोर्क, कात्तिक १७-अमेरिकी राज्य ओरगनमा एक २९ वर्षीय महिलाले सबैलाई जानकारी दिएर आफ्नो ज्यान आफै लिएकी छिन्। ‘डेथ विथ डिग्निटी समूहकी सदस्य ब्रिटनी मेनार्डले औषधि खाएको केही समयपछि आफ्नो ओछ्यानमा शनिबार बिहान अन्तिम सास फेरिन्।

क्यार्लिफोनियामा जन्मेकी उनले शिक्षा शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेकी थिइन्। तर, पछि उनलाई मष्तिस्क क्यान्सर भएको थाहा भयो। त्यसपछि उनी आफ्नो ज्यान लिन ‘डेथ विथ डिग्निटी कानुनलाई मान्यता दिएको राज्य आरिगन पुगिन्।’
मेनार्डसँगै काम गरेको संस्था कम्प्यासन एण्ड च्वाइसले विज्ञप्ति जारी गर्दै भनेको छ – चाहे जसरी नै आफ्नो एक जना प्रियजनको हात समाएर उनले मृत्युलाई अँगालेकी छन्।
‘मानिस त्यो हो जसले जीवनको प्रशंसा गर्दै खुसी भएकालाई धन्यवाद भन्छन्।  हामीले सोच परिवर्तन गरे संसार परिवर्तन हुन्छ। सबै जनालाई मेरो असीम प्रेम छ।’ मृत्यु शैयामा पुग्नुअघि उनले आफ्नो वेभसाइटमा अन्तिम सन्देश लेखेकी छन्। उनको जीवन कथालाई  समटेको भिडियो युटुबमा ९५ लाख भन्दा बढी पटक हेरिएको छ भने सामाजिक सञ्जालहरुमा पनि भाइरल बनिरहेको छ।
मेनार्ड आवद्ध भएको संस्था डेथ विथ डिग्निटीले निको नहुने रोगबाट ग्रस्त भएका मानिसले आफू खुसी मृत्युवरण गर्न पाउनुपर्ने पक्षमा वकालत गर्दै आएको छ। ओरगन लगायत अमेरिकाका पाँच राज्यमा यसरी मृत्युवरण  गर्नुलाई कानुनी मान्यता दिइएको छ।

प्रतिक्रिया