टोखा नगरपालिकाद्धारा विद्यालयहरुलाई ९ बुँदे निर्देशन , चाडपर्वका नाममा विभिन्न पोशाक किन्न लगाउने स्कुललाई कारवाही हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०८०, आईतवार ०७:४३

काठमाडौँ । टोखा नगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई निर्देशन गरेको छ ।

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको नगरपालिकाका शिक्षा शाखाका खगेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलेनै सार्बजनिक शिक्षामा सर्बसाधारणको गुनासो आएपछि मेयरसावको आदेश अनुरुप सो निर्णय गराइएको हो ।

यो संगै अव बिध्यार्थीहरुले बसमा उभ्भीएको भाडा नलिने ,नगरपालिकाबाट तोकीएको लेखापढीबाट मात्र लेखा परिक्षण गराउनुपर्ने , बिध्यालय क्षेत्रभित्र जंगफुड र सुर्तिजन्य पदार्थ बेच्न नपाउने आदी ९ बँुदे निर्देशन गरेको छ ।

हेर्नुहोस ९ बुँदे निर्देशन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१