बुढानीलकण्ठ र तार्केश्वर नगरपालिकाबाट १० जना जुवाडे पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०८०, शुक्रबार ०७:३६

काठमाडौं।  बुढानीलकण्ठ र तार्केश्वर नगरपालिकाबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय सुशील श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१