राज्यव्यवस्था समितिलाई प्रधानसेनापति शर्माको जवाफः ‘नेपाली सेना न्वारन गर्ने संस्था होईन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०८०, बिहीबार ०७:४८

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय उमेरलाई लिएर नेपाल आर्मीलाई विवादमा ल्याउने प्रयास गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनाप्रति अनावश्यक रुपमा भ्रम सिर्जना गरेर विवादमा ल्याउने प्रयास भएको भन्दै आपत्ति जनाएका हुन् ।

रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादमा राजीनामा दिएका थिए । त्यसपछि रथीमा अर्का उपरथी अशोक सिग्देललाई सिफारिस गरिएको थियो । सोही प्रसंगलाई लिएर सांसदहरुले प्रश्न उठाएपछि उनले नेपाली सेना कसैको न्वारन गर्ने संस्था नभएर शैक्षिक योग्यताको प्रमाण, नागरिकता र क्यारेक्टर सर्टिफिकेटका आधारमा जन्ममिति रेकर्डमा जनाइने र अन्यथा सम्बन्धित निकायले नदिइ आफूहरुले जन्ममितिमा तलमाथि गर्न नसक्ने उनले बताए ।

‘एसएलसीको प्रमाणपत्र, नागरिकता र उसको क्यारेकटर सर्टिफिकेट त्यो भन्दा अरु केही पनि हुँदैन । यी तीनवटानै नेपाली सेनामा, अन्य निजामति, राजनीतिमा अन्य जहाँ जे दिनुपर्छ, यति वर्षका फलानो भनेर लेख्ने आधार हो ।’ उनले भने, ‘त्यही तीन वटाको आधारमा हामीले रेकर्डमा जनाइएको हुन्छ । यदि गलत हो भने सम्बन्धित निकायले नदिई नेपाल आर्मीले न्वारन गर्दैन । माननियज्यूहरु, नेपाल आर्मी न्वारन गर्ने संस्था होईन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१