चीनको गान्सु प्रान्तमा भूकम्प, १११ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०८०, मंगलवार १३:१३

काठमाडौं । चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ ।चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो

। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् ।सो भूकम्पमा परी २५० जना घाइते भएको पनि प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुबै प्रान्तमा ठूलो मात्रामा भौतिक क्षति समेत भएको समाचार छ । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१