पिउन मात्र होइन बीयरले नुहाउन पनि पाइने रेष्टुरेन्ट (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७१, सोमबार ०६:५७

हामी सबैलाई थाहा छ बीयर पिउने चिज हो । तर तपाइँलाई आश्चर्य लाग्ला यस्तो ठाउँ पनि छ जहाँ बीयर खाने मात्र होइन नुहाउन समेत पाइन्छ ।bearlenuhanचेक गणतन्त्रको सबैभन्दा ठूलो शहर प्रागमा एउटा यस्तो स्पा छ जहाँ मानिसहरु बीयर खान र बियरमा नुहाउनका लागि जान्छन् ।यो रेष्टुरेन्टमा बीयर बाथ गर्दै बीयर नै पिउने सुविधा पाउँछन् ।यस्तो बीयरबाथमा नुहाउने सुविधा हरेक ग्राहकलाई ३० मिनेटको समय उपलब्ध गराइन्छ ।

bearlenuhauneबाथ टवमा पाइप लगाइएको छ र यसकै माध्यमबाट यहाँ जाने ग्राहकहरुलाई गिलासमा पिउनका लागि र टवमा नुहाउनका लागि बीयर दिइन्छ ।यहाँ जानेहरुले बीयर पिउँदै बीयरमै नुहाउँछन् ।रमाइलो कुरा त बाथ टब बीयरले भरिएको हुन्छ र अन्य सामग्री समेत प्रयोग गर्न पाइन्छ जुन बीयर बनाउनकै लागि प्रयोग हुन्छन् ।

bearlenuanबीयरमा जौ समेत राखिएको हुन्छ र तापक्रम ३७ डिग्री सेल्सियसमा कायम राखिएको हुन्छ ।

यो स्पामा ग्राहकहरुलाई तातो पारिएको ओच्छ्यानमा मसाजको समेत सुविधा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१