नवलपरासीमा महिला उद्यमी संघ गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०८०, सोमबार १२:०३

सुनवल । महिला उद्यमी महासंघ नेपालले पश्चिम नवलपरासीमा महिला उद्यमी संघ गठन गरेको छ । केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता सम्पन्न कार्यक्रमले दुर्गा कोईरालाको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति गठन गरेको हो । जसमा २ जना सदस्यपछि थप गरिने नवगठित समितिका सचिव शान्ति पुनले बताइन। कार्यक्रमको बारेमा प्रकाश पार्दै केन्द्रिय अध्यक्ष ज्ञवालिले हालसम्म ६३ जिल्लामा महिला उद्दमी संघ गठन गरि सकिएको र बिस्तारको क्रम जारी रहेको बताउदै महासंघमा ५२ सय बढि लघुउद्दमी महिला आबद्ध रहेको जानकारी दिइन ।

महिलाद्वारा उत्पादित सामाग्रीहरुको विक्री वितरण सहजीकरण गर्नका लागि ६३ बढी औद्योगिक ग्राम निर्माणको प्रक्रिया थालनी गरेको पनि ज्ञवालीले बताइन ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका वडा नं. ३ अध्यक्ष पविन गुरुङले स्थानीय सरकारले पहिले देखि गर्दै आएको कामलाई महासंघले पुणर्ता दिने कामको थालनी गरेको प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहबाट पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा महासंघकी तृतीय उपाध्यक्ष बसन्ती प्रधानले उत्पादित बस्तुको डिजिटल प्रविधिबाट बजारीकरण लेभकिङ्गि प्याकेजिङ्ग बारे तालिम दिएकि थिइन । कार्यक्रममा केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल,रुपन्देही अध्यक्ष अनिता खत्री , महिला बिकास महासंघ परियोजना संयोजक जिवेश बिक्रम अधिकारी लगाएतको उपस्थित रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१