अन्तरिक्षयान दुर्घटनाको अनुसन्धान शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७१, सोमबार ०६:५२

ssअमेरिकी अधिकारीहरुले भर्जीन ग्यालेक्टिकको अन्तरिक्ष-यान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेका छन्।
उक्त विमान शुक्रवार परीक्षण उडानका निम्ति उड्ने वित्तिकै विष्फोट भई क्यालिफोर्नियाको मोहाभी मरुभूमिमा छरपष्ट भएको थियो।
विष्फोटक सामग्री हुन सक्ने आशंकामा प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर नियन्त्रणमा लिएको छ।
विशेषज्ञहरु
दुर्घटनामा एकजना चालकको मृत्यु भएको थियो भने प्यारासुटबाट ओर्लिएका अर्का चालक घाइते भएका छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्डको एउटा टोली शनिवार दुर्घट्नाग्रस्त क्षेत्र मोहाभी मरुभूमि पुगेको छ।
बोर्डका कार्यवाहक अध्यक्षका अनुसार विमानको संरचना, प्रणाली र इन्जिनसँग सम्बन्धित १३ देखि १५ जना विमान विशेषज्ञहरुले अनुसन्धान गर्ने छन्।
दुखद घट्नाबाट शिक्षा लिन र भएको त्रुटीको कारण पत्ता लगाउन हामी प्रतिवद्ध छौंअमेरिकी अधिकारीहरुले भर्जीन ग्यालेक्टिकको अन्तरिक्ष-यान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेका छन्।
उक्त विमान शुक्रवार परीक्षण उडानका निम्ति उड्ने वित्तिकै विष्फोट भई क्यालिफोर्नियाको मोहाभी मरुभूमिमा छरपष्ट भएको थियो।
विष्फोटक सामग्री हुन सक्ने आशंकामा प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर नियन्त्रणमा लिएको छ।
विशेषज्ञहरु
दुर्घटनामा एकजना चालकको मृत्यु भएको थियो भने प्यारासुटबाट ओर्लिएका अर्का चालक घाइते भएका छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्डको एउटा टोली शनिवार दुर्घट्नाग्रस्त क्षेत्र मोहाभी मरुभूमि पुगेको छ।
बोर्डका कार्यवाहक अध्यक्षका अनुसार विमानको संरचना, प्रणाली र इन्जिनसँग सम्बन्धित १३ देखि १५ जना विमान विशेषज्ञहरुले अनुसन्धान गर्ने छन्।
दुखद घट्नाबाट शिक्षा लिन र भएको त्रुटीको कारण पत्ता लगाउन हामी प्रतिवद्ध छौं
रिचर्ड ब्रानसन, भर्जीन ग्यालेक्टिका प्रमुख
भर्जीन ग्यालेक्टिकले पर्यटकहरुलाई अन्तरिक्ष भ्रमण गराउने विमानको विकाश गरिरहेको छ।
धक्का
कम्पनीका प्रमुख रिचर्ड ब्रानसनले भने, “दुखद घट्नाबाट शिक्षा लिन र भएको त्रुटीको कारण पत्ता लगाउन हामी प्रतिवद्ध छौं।”
सन् २०१५ मा आफ्नो पहिलो व्यवसायिक उडान भर्न सकिने उक्त कम्पनीको विश्वास छ।
दुर्घटनाका कारण ठूलो धक्का लागेको जनाउँदै कम्पनीले तै पनि अन्तरिक्ष यात्राको प्रयास जारी राख्ने जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१