बूढानीलकण्ठ वडा नं ६ को नागरिक र स्थानीय जनप्रतिनिधिहरुबीच प्राभातकालिन कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०८०, आईतवार २०:०५

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नं ६ ले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी वडावासिसँग अन्तरक्रिया एबम प्राभातकालिन (Morning Walk) कार्यक्रम ऎतिहासिक एबम भव्य रुपमा सम्पन्न गरेको छ।

यहि मंसीर ३० गते शनिवार बिहान ०७:०० बजे शुरु भै ११ बजे समापन भएको उक्त कार्यक्रम भव्य,ऎतिहासिक तथा सन्देश मुलक बनेको वडा नं ६ का वडाध्यक्ष रबि खड्काले जानकारी दिएका छन्।

कार्यक्रम च्यासुन्डोल भद्रकाली डेरिबाट सुरु भएर बिष्णुमती,ओखलगाउ, खत्रीगाउँ, सेराफाट, पासिकोट ,इटालीटार ,गणेश चोक र टनगाउ हुँदै खड्का गाउँ वडा भवन अगाडि आएर धरमपुरमा समापन भएको थियो।

उक्त कार्यक्रममा वडा भित्रका नागरिक र स्थानीय जनप्रतिनिधिहरुबीच वडाको समृद्वी र बिकासको बिषयमा गम्भीर छलफल भएको थियो।

बूढानिलकण्ठ नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहितको कार्यक्रम भएकाले स्थानीयहरुले सम्पन्न भएका योजना र भविष्यमा आबस्यक पर्ने थप योजनाका बारेमा खुलेर कुरा गरेका थिए। स्थानीय चुनावको झल्को दिने गरि सयौंको संख्यामा स्थानीयहरु सहभागी भै अन्तरक्रिया कार्यक्रम सहित ठुलो र्याली निक्लदा कार्यक्रमको महत्व अझ स्पस्ट हुन पुगेको थियो।

कार्यक्रममा सहभागीहरुले कार्यक्रम अत्यन्त महत्वपूर्ण र समय सान्दर्भिक भएको भन्दै सबै वडाहरुमा बेला बेलामा यस्ता खाले कार्यक्रम हुनुपर्ने बताएका थिए।

उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनिता लामा, नेकपा एमाले काठमाडौंका अध्यक्ष एबम पुर्व बागमती प्रदेश सभा सदस्य दिपक निरौला, नगर प्रवक्ता नबराज भटराई , नेकपा एमाले बूढानीलकण्ठका अध्यक्ष प्रदिप डंगोल ,वडा नम्बर ७ का वडाध्यक्ष बस नारायण महर्जन,वडा नम्बर ६ का सम्पूर्ण जनप्रतिनिधिहरु , पुर्व वडाध्यक्ष नबिन केसी,पत्रकारहरु लगायत नागरिकहरुको सक्रिय सहभागीता रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१