मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०८०, आईतवार ०७:१७

चितवन ।  मोटरसाइकल दुर्घटना हुँदा चितवन माडीमा वडा सदस्यको निधन भएको छ।

माडी नगरपालिका–२ का वडा सदस्य ६० वर्षीय जीवन लुइँटेलको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।

उनी चढेको बा प्र ०३–०४ प ८९१७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ६ बजेतिर माडी नगरपालिका(१ गर्दीमा गाडीले ठक्कर दिएको थियो।

ठक्कर दिने गाडी पत्ता नलागेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१