राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०८०, आईतवार ०७:०९

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन आजसम्म १२ दलले निवेदन दिएका हुन । निवेदनहरुमाथि जाँचबुझ गरिने आयोगले जनाएको छ । दल दर्ताको निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् । आयोगले दल दर्ताका लागि मंसिर २४ गतेदेखि मंसिर २९ सम्मको समय दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१