बुढानिलकण्ठ नगरपालिका वड़ा १ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा साइवर क्राइम अभिमुखीकरण कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०८०, शनिबार ०८:११

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वड़ा १ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा एक दिवसीय साइवर क्राइम बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

लामो समय सूचना प्रविधि क्षेत्रको अनुभव संगालेका  नेपाल प्रहरीका साइबर ब्युरोका प्रशिक्षक बरिष्ठ सहि बिरेन्द्र धामीको  प्रमुख सत्र रहेको तालिम कार्यक्रम विशेष रहेको थियो । सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक बिरेन्द्र धामीको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने साइवर क्राइम कदमहरु र आधारभूत सूचना प्रविधिको तालिम प्रदान गर्नुभएको हो भने बुढानिलकण्ठ प्रहरी प्रभागबाट साझेदारी प्रहरी  इन्चार्ज धुर्ब बिक्रम कार्कीले प्रहरी साझेदारी कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा साइवर क्राइम सम्वन्धी फोटो तथा स्लाइड सो समेत प्रस्तुत गरिएको  थियो । कार्यक्रममा वडा सदस्य नबिन श्रेष्ठले  साइवर क्राइम आफुने समेत भोगेको केहि उदाहरण समेत राख्नुभयो । सहभागीहरुले यस प्रकारको कार्यक्रमले स्थानीय क्षेत्रमा अति राम्रो प्रभाव पार्ने भन्दै यस प्रकारका कार्यक्रमहरुको निरन्तरताको अपेक्षा समेत गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता वडा सदस्य नबिन श्रेष्ठले गर्नुभएको थियो भने अध्यक्षता  बोस्टर मिडियाका संचालक मुकुन्द ढुंगानाले गर्नुभएको थियो । कार्यक्रम संचालन पत्रकार कल्पना शर्माले  गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य बुद्दिमान तामांग ,चण्डिका रैला अर्याल ,शिक्षक विद्यार्थी र स्थानीय गरि १५० भन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१