काठमाडौं महानगरलाई उच्च अदालतको आदेश- सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने निर्णय कार्यान्वयन नगर्नू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०८०, शुक्रबार १६:३२

काठमाडौँ ।  उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योग प्रालिले उच्च अदालत, पाटनमा रिट दायर गरेको थियो ।

शुक्रबार उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत, पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने महानगरपालिकाको निर्णयले उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने र त्यसले ठूलो क्षति हुन सक्ने देखिएको अन्तरिम आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१