बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्ने न्यायाधीश कोइरालाको आदेशमा के छ ? (पूर्णपाठ)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०८०, शुक्रबार ०७:१२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश कृष्णराम कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गरेका हुन्।

यसअघि मंसिर १५ गते न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा मत बाँझिएको थियो ।

पाण्डेले ३० लाख धरौटीमा रिहा गर्नुपर्ने फैसला दिएका थिए । तर, खरेलले उनको फैसलामा बिमति जनाएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा पेश गर्ने निर्णय भएको थियो ।न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

आदेशको पूर्णपाठ

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१