नेपाली काँग्रेस नुवाकोटको जिल्ला सदस्यमा न्यौपाने,अधिकारी र नेपाल मनोनित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार २०:२३

नुवाकोट।  नेपाली काँग्रेस नुवाकोटको जिल्ला सदस्यमा तीन जना मनोनित भएका छन । पाटी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले विदुर नगरपालिकाका प्रकाश अधिकारी, ककनी गाँउपालिकाका राजन न्यौपाने र बेलकोटगढी नगरपालिकाका अर्जुन नेपाललाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरिएको पार्टिले जनाएको छ ।

पाटीको बिधान २०१७ को परिच्छेद ३ धारा १२ को उपधारा ५ खण्ड ‘ख’ को २ बमोजिम न्यौपाने र नेपाललाई यस्तै पाटीको बिधानको परिच्छेद १८ को दफा ५६ को उपदफा २ बमोजिम अधिकारीलाई आमन्त्रित जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरिएको हो । उनीहरुलाई मनोनित गरिएको पत्र जिल्ला सभापती रमेश महतले प्रदान गरेका छन ।

सायद ५ जना मानिसहरू  र 'नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोट वैठक कक्ष RI' भन्ने पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१