थमन बिक हत्या प्रकरण : एमाले नेता कोइरीलाई सफाइ, लोसपा नेता शर्मालाई जन्मकैद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार १८:२९

काठमाडौं । जिल्ला अदालत महोत्तरीले थमन बिक हत्या प्रकरणमा लोसपाका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालतले बिहीबार शर्मालाई जन्मकैदको फैसला सुनाएको हो । शर्मा लोसपाको मधेश प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर बिश्वकर्माको हत्याको अभियोग लागेका शर्मा यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए ।

अदालतले शर्मासहित, संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो ।

सोही प्रकरणमा मुछिएका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।

कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालत, जनकपुरले तीन वर्ष अघि महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि कोइरी अहिलेसम्म फरार सूचीमा थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१