बिना हिटर घरलाई तातो बनाउने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार १८:२६

एजेन्सी । जाडोको मौसम चलिरहेको छ । यसक्रममा तातो कपडा लगाउनुका साथै घरलाई न्यानो बनाइराख्न पनि जरुरी छ ।

आज हामी केही त्यस्ता तरिका बताउनेछौं जसले बिना हिटर पनि घरलाई न्यानो बनाउन सक्नेछ ।

जाडोको मौसममा घर तातो बनाउनका लागि गाढा तथा चम्किला रंगका कुशन प्रयोग गर्नुहोस् । यसले घरको सुन्दरता बढ्नुका साथै तातो पनि रहन्छ ।

रातको समयमा आफ्नो कोठालाई तातो राख्न ठाउँठाउँमा रंगिविरंगी मैनबत्ती जलाउनुहोस् । यसले घरमा तापक्रम बढाउँछ ।

जाडोको मौसममा ऊनी, फक्स तथा मखमलका कुशनको प्रयोग गर्नुहोस् । यसको प्रयोगले चिसो महसुस हुँदैन ।

त्यस्तै जाडोमा भुईंको लागि न्यानो खालका गलैंचा वा दरी बिछ्याउन सक्नुहुन्छ । यसले तपाईंका खुट्टा पनि चिसा हुँदैनन् ।

घरभित्र लगाउन गाढा तथा चम्किलो रंगहरु छान्न सक्नुहुन्छ । यसो गर्नाले घर प्राकृतिक रुपमै न्यानो हुन्छ ।

घरका झ्याल तथा ढोकाका लागि बाक्लो पर्दाको प्रयोग गर्नुहोस् । यसले बाहिरको चिसो हावा सिधै भित्र आउँदैन ।

चाडोको मौसममा घरलाई न्यानो बनाइराख्न बत्तीहरु बाल्नुहोस् । विशेषगरी न्यानो तथा अली उज्यालो बत्ती प्रयोग गर्न सकिन्छ ।

दिउँसो बाहिर घाम लागेको छ भने सबै झ्यालहरु खुला राखेर तातो हावा छिर्न दिनुहोस । चिसो हावा चल्न थालेपछि बन्द गर्नुहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१