दिनहुँ यौन सम्बन्ध राख्दा हुने फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार १८:०३

एजेन्सी । यौन सम्बन्ध मानिसको जीवनको एउटा अभिन्न काम हो जसलाई चाहेर पनि तपाईं नजरअन्दाज गर्न सक्नुहुन्न । तपाईं चाहे विवाहित हुनुस् वा अविवाहित सेक्ससँग जोडिएका स्वास्थ्य लाभका बारेमा थाहा हुन जरुरी छ ।

संभोग गर्दा चाहे महिला होस् वा पुरुष दुवैलाई शारीरिक तथा मानसिक फाइदा प्राप्त हुन्छन् । हालै एउटा अध्ययन गरिएको थियो जहाँ संभोगका दौरान हाम्रो शरीरमा केही क्यामिकल कम्पाउन्ड मस्तिष्कबाट रिलिज हुन्छन् जसले हाम्रो शरीरलाई आराम हुने संकेत प्राप्त हुन्छ ।

दिनहुँ संभोग गर्नाले शरीरमा कैयौं प्रकारका बिमारी निको हुन्छन् । तपाईंको जीवन लामो हुनेछ । साथै तनाव पनि कम हुनेछ र मुटु सम्बन्धी रोगबाट पनि बाँच्न सकिनेछ । संभोग गर्नुका धेरै फाइदाहरु छन् आउनुहोस् जानौं ।

संक्रमण भगाउँछ

संभोग गर्नाले शरीरमा हर्मोन तथा अन्य कम्पाउन्ड रिलीज हुन्छ जसले गर्दा संक्रमण कम हुन्छ । साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ जसले गर्दा स्वतः संक्रमणबाट बच्न सकिन्छ ।

राम्रो निद्रा

संभोगका बेला अक्सीटोसिन रिलीज हुन्छ जसले राम्रो निद्रा ल्याउनका लागि मद्दत गर्दछ ।

हृदय बलियो बनाउँछ

दिनहुँ संभोग गर्दा शरीरका हरेक अंगमा रगतको संचालन राम्रोसँग हुन्छ, जसले हृदय पनि स्वस्थ रहन्छ । साथै अक्सीजनको सञ्चार पनि राम्रोसँग हुन्छ । हृदय स्वस्थ रहँदा तपाईं तनाव मुक्त रहनुहुन्छ ।

हर्मोन सन्तुलित गर्छ

संभोग गर्नाले हर्मोन सन्तुलित हुन्छन् । महिलाले महिनावारी हुनुभन्दा एक हप्ता अगाडिदेखि संभोग गर्दा हर्मोन सन्तुलनमा राख्न सहयोग पुग्छ । महिलाको स्वास्थ्यका लागि पनि संभोग गर्नु एकदमै राम्रो हुन्छ ।

तर ध्यान दिनुहोला, संभोगमा माया तथा भावना हुन जरुरी हुन्छ । यदि संभोगका समयमा दुई जना मध्ये एक जनाको पनि रुची छैन भने यसले नराम्रो असर गर्दछ ।

बुढोपन टाढा भाग्छ

दिनहुँ संभोग गर्नाले अनुहारका चाउरीपना हट्दै जान्छ । राम्रो निद्रा पनि लाग्ने हुँदा छाला सुन्दर हुन्छ ।

स्वस्थ राख्छ

केहीबेर संभोग गर्नाले तपाईंलाई जीम जानु नपर्ने हुन्छ । संभोगका समयमा शरीरले जति व्यायाम गर्छ त्यो लगभग ३० मिनेट जीममा व्यायाम गरेबराबरको हुन्छ ।

यस्ता फाइदा जानेर कुनै पनि बेला सेक्सको लागि उत्ताउलो हुनु भने हुँदैन । किनकी कुनै पनि कुरा गर्ने सही समय र उचित वातावरणमा गर्न आवस्यक हुन्छ ।

आफ्नो सही पार्टनर वा जीवनसाथीसँग खुशीसाथ गरेको सम्बन्धमा नै यस्ता फाइदा हुन्छन् । अन्यथा यो गलत ठाउँमा गर्दा नकारात्मक असर मात्र गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१