गोकर्णेश्वरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० को उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार ०६:४७

काठमाण्डौ।  गोकर्णेश्वर नगरपालिका स्तरीय अन्तर विधालय राष्ट्रपति रनिङ शिल्ड २०८० को भब्य रुपमा उद्घाटन भएको छ।

गोकर्णेश्वर युवा तथा खेलकुद संयोजक संजय लामाको सभा अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख दिपक कुमार रुसालको प्रमुख आतिथ्यता रहेको थियोे। बिशेष अतिथिहरूमा नगर उप प्रमुख सान्नानी लामा,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डन्डपाणि शर्मा,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ,वडा नं ४ का वडा अध्यक्ष जयराम महत,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा,स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहरा लगायत खेलकुद बिकास समितिका नगर खेलकुद संयोजक,विभिन्न खेल प्रतियोगिताका संयोजखरु, विभिन्न वडा जनप्रतिनिधिहरु,कर्मचारीहरु,स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु,कोचहरु, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

मंसिर २७ गते उद्घाटन भई आउँदो पौष २ गते समापन हुने उक्त प्रतियोगितामा भलिबल , कबड्डी, एथलेटिक्स, दौड, मार्सल आर्ट, तेक्वान्दो, उसु लगायतका खेलहरु रहने खेलकुद संयोजक संजय लामाले मुग्लानी खबरलाई जानकारी दिनुभएको छ। संयोजक लामाले गोकर्णेश्वर नगरपालिकालाई स्पोर्ट्स सिटी बनाउने उदेश्य अनुरुप नगरपालिकाका ९ वटै वडामा विभिन्न खेलकुदका कोर्डहरु निर्माण गर्नुका साथै खेलकुद क्षेत्रलाई बिकास र बिस्तार गर्दै अन्तर्राष्ट्रिय रुपमा समेत गोकर्णेश्वर नगरपालिकाले मुलुकमै एक नम्बरको अब्बल भएर देशको नाम रोशन गर्ने ठूलो लक्ष्य उदेश्य अनुरुप अनबरत लागिपरेको जानकारी दिनुभएको छ। युवा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण शाहद्वारा सहजीकरण गरिएको कार्यक्रममा खेलकुद शाखा प्रमुख डन्डपाणी शर्माले स्वागत मन्तब्यद्वारा स्वागत गर्नुभएको थियो।

नगर प्रमुख दिपक कुमार रिसालको हस्त बाहुलीबाट प्रतियोगिताको दिप प्रज्वलन गरि औपचारीक उद्घाटन गरिएको थियो। कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उपस्थित खेलाडी सबै जनालाई सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।त्यसैगरी उप प्रमुख तथा कार्यक्रमका बिशेष अतिथि सान्नानी लामाले आजको राष्ट्रपति रनिङ शिल्ड उद्घाटन संगै खेलाडी भाईबहिनीहरुले राम्रो प्रदर्शन गर्ने बिश्वास ब्यक्त गर्नुभएको थियो।उहाँले मन्तब्यमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरुले जिल्ला, प्रदेश हुँदै रास्ट्रीय अन्तर्राष्ट्रिय रुपमा गोकर्णेश्वर नगरपालिकाको चिनाउनुहुनेछ र खेलाडीहरुको लागि नगरपालिका सदैव सहयोग गर्न तत्पर रहेको समेत बताउनु भएको थियो।
त्यसैगरी नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी दिपक कुमार रिसालले बोल्दै आफू जनप्रतिनिधि भएर आएपछि खेलकुद बिकासका लागि नीति तथा कार्यक्रममै समेटेर बजेट बिनियोजन गरिएको बतानुभयो।उहाँले नगरपालिका भित्रका सार्बजनिक जमिनहरूमा विभिन्न खेल क्षेत्रमा बिस्तार गरि गोकर्णेश्वर नगरपालिकालाई स्पोर्ट्स सिटि बनाउने लक्ष रहेको बताउनुभएको थियो।खेलाडी भनेको राष्ट्रको लागि,नामको लागी, स्वास्थ्यको लागि अनुशासनको लागि पनि अत्यन्तै महत्वपूर्ण भएकोले नगरपालिकाले खेलकुद क्षेत्रका लागि उल्लेखनीय रुपमा पहल गर्दै आएको बताउनु भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१