मेयर र उपमेयरको विवादले वीरगन्ज महानगरपालिकामा झडप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८०, बुधबार ०६:५६

पर्सा ।  वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरबिच विवाद हुँदा महानगरपालिका परिसरमा नै झडप भएको छ । पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद हुँदा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबिच झडप भएको हो ।

समर्थकबिच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनुपर्ने उपमेयर आलमको माग थियो । तर, सो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने गरी मेयर सिंहले तयारी गरेपछि झडप भएको हो ।

गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपाबिच गठबन्धन भएको थियो । मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१