‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८०, बुधबार ०६:४९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्मदिनको शुभकामना दिएका छन् । पार्टीको यात्रामा सरिक एमाले अध्यक्ष ओलीसहित एमाले नेताहरुको यात्रा  रामेछाप, सिन्धुली, ओखलढुंगा हुँदै खोटाङ पार गरेको छ ।

अध्यक्ष ओलीले  दिनभर व्यस्त रहेकोले साँझ दिक्तेल आएपछि प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेको र जन्मदिनको शुभकामना दिएको जनाएका छन् । उनले फेशबुकमा लेखेका छन्-

आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१