बुढानिलकण्ठका योजना महाशाखा प्रमुख महेस प्रसाद पाठकको चन्द्रागिरी सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०८०, मंगलवार ०७:२४

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाको योजना महाशाखाका प्रमुख महेस प्रसाद पाठकको सरुवा भएको छ।लामो समयदेखि नगरपालिकाको योजना महाशाखामा प्रमुख रहेका पाठक काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा सरुवा भएका छन।

नगरपालिकाका योजना तथा कार्यक्रमहरुको कार्यान्वयन र संचालनको महत्वपूर्ण जिम्मेवारीमा रहेको योजना महाशाखामा प्रमुख पाठक केहि दिनमा नै बुढानिलकण्ठबाट विदा हुनेछन।नेपाल सरकारका अधिकृत आठौ पाठक बुढानिलकण्ठ नगरपालिकामा करिव ५ वर्ष २ महिना सेवारत रहेका थिए।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित केहि महाशाखाका प्रमुखहरुको पनि सरुवा हुन् सक्ने सम्भावना रहेको श्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१