जीना कार्की, युवा पत्रकारिताका विलक्षण प्रतिभा।      

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०८०, मंगलवार ०७:१९

यो २०६५-६६ साल तिरको कुरो हो। लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२-६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै राजामा निहित रहेको शक्ति हटाइ गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भयो। नेपालको संविधानसभाले वि. सं. २०६५ साल जेष्ठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्यो।

वि. सं.  २०५२ सालमा नेपालमा नेकपा माओवादीले तथाकथित जनयुध्द सुरु गर्यो। पश्चिम नेपालका रुकुम र रोल्पा जस्ता दुर्गम जिल्लाबाट सुरु भएको यो युध्द छिट्टै देशभरि फैलियो। ठाउँ ठाउँमा भिडन्त हुन थाल्यो। माओवादी, प्रहरी, पत्रकार र सर्वसाधारणहरू मारिएका समाचार आउन थाल्यो। हजारौ परिवारहरू विस्थापित भयो। विकास ठप्प भयो। अर्थतन्त्र धराशायी भयो। युध्द कहिले टुङ्गिने हो, कसैलाई थाहा थिएन। आतङ्कले सिमा नागी सकेको अवस्था थियो तर नेपाल सरकारले स्थितिलाई नियन्त्रण गर्न सकेन। देशको यो अवस्थामा राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासनाधिकार आफ्नो हातमा लिए। त्यसपछि नेपालका प्रमुख राजनीतिक पार्टीहरू नेपाली काँग्रेस र कम्युनिष्ट पार्टी एमाले मिलेर राजा ज्ञानेन्द्रको विरुध्दमा आन्दोलन गरे। त्यसमा माओवादीको पनि साथ थियो। जन आन्दोलनले भयङ्कर रूप लियो। देशमा ठूलो रक्तपात हुन सक्ने खतरा बढेकाले राजा ज्ञानेन्द्रले सत्ता छाडि दिए। त्यसपछि मिति २०६३ साल मंसिर, ५ गते नेपाल सरकार र माओवादी पार्टी बीच शान्ति सम्झौता भयो।

२०६३ सालको राजनीतिक परिवर्तनपछि नेपालीहरू आशावादी थिए। एउटा नयाँ जोश र जागर भरेको थियो। खुला र उदार समाजको निर्माण हुँदै थियो। र, नेपाली नवयुवाहरू सञ्चारको माध्यमबाट गणतन्त्रको सुदृढीकरण, शान्ति र समृध्दि सम्भव छ भन्ने सङ्कल्पका साथ पत्रकारितामा प्रवेश गर्न थालेका थिए।

आफ्नो हाइ स्कूलको पढाइ मात्र सकेकि सुश्री जीना कार्की, आफ्नो उच्च शिक्षाको अध्ययनसँग सँगै  समृध्द नेपालको परिकल्पना लिएर समाजलाई सुसूचित गराउन  नेपाली सञ्चार जगतमा आवाज र कलमका माध्यमले आफ्नो १७ वर्षको कलिलो उमेरदेखि रेडियोमा सोसल एड्भोकेसीको कार्यक्रम सुरु गरी छापामाध्यम, टेलिभिजन एवम् डिजिटल पत्रकारितामा सम्वाददाता, स्तम्भकार, समाचार प्रस्तोता जस्ता भूमिकामा निष्पक्ष, निडरकासाथ पत्रकारिताको आचारसंहिता अनुसार जनता र देशप्रति अतुलनीय सहयोग पुर्‍याएकि छिन्। पत्रकार जीना कार्कीमा शान्ति, समृध्द र शिक्षित समाजका लागि जीवन अर्पण गर्ने अभिलाषा थियो। उनमा राम्रो लेखन क्षमता, वाकपटुता र सर्वसाधारणसँग अन्तरक्रिया गर्ने कला पनि अदभूत छ। यिनै प्रतिभाका आधरमा उनी पत्रकारितामा छेत्रमा प्रवेश गरिन्।

देश र समाजमा फैलिएको अशान्ति, सामाजिक कुरुती र विसङ्गति हरूलाई आफ्नो पत्रकारिता माध्यमबाट समृध्दि र शिक्षित समाजको अभियान चलाउने अठोट गरेर उनी देशको कुना कप्चा गाउँ गाउँ पुगिन्।

नेपालमा गणतन्त्र त आयो तर नेपालका प्रमुख राजनीतिक दलहरू को आआफ्नो फरक राजनीतिक धारणा हरूले गर्दा देश विकासतिर लम्कन सकेन। द्रुत परिवर्तन, सुस्त प्रगतिले जनताहरूको आशा र भरोसा टुट्न थाल्यो। प्रमुख राजनीतिक दल भनाउदाहरू सत्ता वरिपरि नै लालच बने। तर, समाज अभियन्ता पत्रकारिताका सिध्दहस्त व्यक्तित्व जीना कार्की आफ्नो आवाज र कलमले राजनीतिक पार्टीका नेताहरूलाई खबरदार गर्थिन्। जनताहरूलाई आफ्नो हक र अधिकारका लागि सुसचित गराइ देशमा भैरहेको भ्रष्टाचार र राजनीतिक विकृतिका बारेमा आवाज उठाउथिन्। उनमा कुनै राजनीतिक समूह प्रति दुराग्रह थिएन।

जीना कार्की, आफ्नो विलक्षण प्रतिभाका कारण उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार हरू जितेकि हुन्। ई. स. २०२२ मा उनले सर्वोत्कृष्ट सामाजिक विकास र ग्लोबल पीस जर्नलिज्म आठौं अन्तर्राष्ट्रिय पुरस्कार २०२२ अन्तरराष्ट्रिय पुरस्कार जितिन्। नेश्नल प्रेस क्लब नेपाल र अ मेरिका नेपाल प्रेस क्लब इन्क यु. एस. ए. द्वारा प्रदान गरिएको यो पुरस्कार एक भव्य समारोह माझ माननीय राजेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री – सङ्घीय मामिला तथा सामान्य प्रशासन, नेपाल सरकारबाट उनलाई हस्तान्तरण गरिएको थियो।

कार्की एक अलौकिक पत्रकार मात्र हैनन, उनी एक दक्ष सामाजिक अभियन्ता पनि हुन्। उनले विभिन्न गाउँ घर समाजमा गएर थुप्रै समाज सेवाका कामहरू पनि गरेकि छिन्। धेरै प्रतिष्ठित संघ संस्थाहरूबाट मानार्थ सदस्यता प्राप्त गर्नुका साथै कार्यकारिणी सदस्यको भूमिका पनि निर्वाह गरेकि छिन्। उनले थुप्रै तालिम तथा गोष्ठी हरूको सहजीकरण गरेकि छिन्। पत्रकारिता क्षेत्रका विभिन्न प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरेकि छिन्।

पत्रकारिताको क्षेत्रमा लागेर जीना कार्कीले जुन उचाइको व्यक्तित्व बनाएकि छिन, त्यो प्रेरणा दायी छ। उनको योगदानको प्रशंसा जति गरे पनि कम हुन्छ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१