किवानिज इन्टरनेशनलको तेस्रो पदस्थपना तथा पद हस्तान्तरण कार्यक्रम हेटौडामा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०८०, सोमबार ०७:१२

हेटौडा । किवानिज इन्टरनेशनल (के- ६९) नेपाल किवानिज क्लब अफ हेटौंडा नेपाल अन्तरगर्त (के २०४६८) को तेस्रो पदस्थपना तथा पद हस्तान्तरण कार्यक्रम भएको छ। शूक्रबार एका कार्यक्रमको आयोजना गर्दै किवानिज अध्यक्ष ज्योती रत्न बज्रार्यको सभाध्यक्षता डिष्ट्रिक गर्भनर (२०२३ ) का तिर्थ कुमार सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

अध्यक्ष पदका ज्योती रत्न बज्रार्यले आफ्नो कार्यकाल सकिएसंगै सुर्वण केशर लामिछानेले पद ग्रहण गरेका हुन् भने सोही कार्यक्रम अन्तरगर्त किवानिजबाट प्रभावित हुँदै १२ जना सदस्य बनेका छन् । पदस्थपना तथा पद हस्तान्तरणकार्यक्रममा पद ग्रहण गर्दै लामिछानेले किवानिजको मान्यता र गर्नुपर्ने काम कर्तव्यमा रहेर काम गर्ने प्रतिवद्धता जनाए ।

लामिछानेले पद ग्रहण गरे संगै सामाजिक दायित्व बोकेको किवानिजल अझ विशेष गरि बालबालिकाको निमित्त काम गर्ने भएको अवगत गराए । आवद्ध सम्पुर्ण सदस्यहरुको साथको अपेक्षा रहेको र सबैको साथ पाउने विश्वास रहेको बताए

हेटौडाको होटल ओभरसिजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष भएसंगै बज्रचार्यले यसअघि किवानिजलाई अघि बढाउन एक्लो ज्योति नभएको र सबैको साथ पाएका कारण सहज भएको बताए ।
आगामी दिनमा पनि मेरो सर्मथन रहने बताएका हुन् ।

कायक्रममा हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेको विशिष्ठ आतिथ्यता डिष्ट्रिक सचिव युवराज न्यौपाने, डिष्ट्रिक कोषध्यक्ष शिव बहादुर काफ्ले,  काेएड्भाइजर दिपक शर्मा पौडेल, केसिएफ कोडिनेटर भानुभक्त आर्चाय लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१