कपन पुलहारी गुम्बाले सार्वजनिक जग्गा हडपेको भन्दै अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई लेख्याे पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०८०, सोमबार ०६:५९

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको पुलहारी गुम्बाले सार्वजनिक जग्गा प्रयोग गरिरहेको भन्दै अख्तियार दुरुपयोग आयोगले नगरपालिकालाई पत्र लेखेको छ।

अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई लेखेको पत्रमा सो गुम्बाले हालसाबिक गर्दा ४० राेपनी सरकारी जमिन हडपेको विषयमा उजुरी परेकोले सत्यतथ्य कुरा लेखि पठाउन निर्देशन दिएको छ।

ख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई पत्र काटेपछि वडा नं ११ कार्यालयले मङ्सिर २४ गते गुम्बालाई पत्र लेख्दै जग्गाको विवरण र हालसविक लगायतको अवस्थाका वारेमा विवरण पेश गर्नका लागि पत्राचार गरेको छ।

अख्तियारले गत कार्तिक १५ गते काटेको पत्र अनुसार बुढानीलकण्ठ नगरपालिकालाई रायप्रतिक्रिया प्रकट गर्न भने संगै नगरले प्राविधिक शाखाका प्रमुख सुनिल महर्जनको नेतृत्वमा पाँच सदस्यीय छानविन समिती गठन गरेको छ।

सो समितीमा वडा नं ११ का सचिव नविन्द्र तामाङ ,विमल कार्की ,राज कुमार श्रेष्ठ र एक जना जनप्रतिनिधि सदस्य रहेका छन।

अख्तियारको पत्र :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१