प्रथम वडा अध्यक्ष ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न,२२ जना खेलाडि सहभागि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८०, आईतवार ०७:१२

काठमाडाैं ।  बुढानीलकण्ठ नगरपालिका वडा नं. ०१ को आयोजनामा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २३ गते वडा नं ०१ स्थित बालबालिका तथा युवा खेलकुद पार्कको उद्घाटनको अवसरमा आयोजित प्रथम वडा अध्यक्ष खुल्ला ब्याडमिन्टन प्रतियोगितामा २२ जना खेलाडि सहभागि थिए ।

बु.न.पा. वडा नं. १ का सदस्य नबिन श्रेष्ठको कार्यक्रम अध्यक्षता र वडा नं.१ का अध्यक्ष सुरेन्द्र लामाको प्रमुख अतिथ्यतामा वडाका अन्य पदाधीकारी, समाजसेवि, खेलप्रेमी तथा स्थानीयहरुको उपस्थितिमा ब्याडम्यन्टिन कोर्टको उद्घाटन साथै प्रथम वडा अध्यक्ष ब्याडम्यन्टिन कप प्रतियोगिता संचालन भएको थियो ।

प्रतियोगितमा सिंगल र डबल गरी दुई वटा विधामा स्पर्धा भएका थिए ।

८ जना सहभागि सिंगल बिधाको उपाधी बिक्रम श्रेष्ठले हात पारेका छन् भने लक्षमण श्रेष्ठले दोस्रो र राजेन्द्र श्रेष्ठले तेस्रो स्थान हासिल गरेका छन् ।

यस्तै, ७ समुह रहेको डबल बिधामा धर्मराज श्रेष्ठ र गोपाल गुरुङको जोडि बिजय भएका छन् । सुरेश बरुवाल र बिकास के.सी.को जोडि दोस्रो हुन सफल भएका छन् भने अमर खड्का र समिर खड्काको जोडिले तेस्रो उपाधी पाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१