मेटाले ल्यायो शब्दकै आधारमा तस्वीर बनाइदिने एआई टुल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८०, आईतवार ०६:५०

काठमाडौं । मेटाले शब्दको भरमा तस्वीर तयार पार्ने एआई टुल सार्वजनिक गरेको छ । बुधवार एक पोस्ट राख्दै कम्पनीले ‘इम्याजिन’ नामको एआई टुल ल्याएकाे घोषणा गरेको हो ।

सुरुवाती चरणमा यो टुल अमेरिकाका प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रयोगकर्ताले यो टुल प्रयोग गरी आफूले चाहेको जस्तै तस्वीर तयार पार्न सक्नेछन् ।

विशेषगरी बोलिचालीको शैलीमा निर्देशन दिएर यो टुललाई आफूले भनेजस्तै फोटो तयार पार्न सकिनेछ । मेटाको इम्याजिन एआई टुलमा पनि ओपनएआईको ड्यालई, मिडजर्नी र स्टेबल एआईका जस्तै विशेषता रहेका छन् ।

कम्पनीका अनुसार यो टुल मेटाक ईएमयू इमेज जेनेरेसन मोडेलद्वारा सञ्चालित छ । यसको सहायताले प्रयोगकर्ताले निःशुल्क हाई रेजोलुसनका फोटो तयार पार्न सक्नेछन् ।

पछिल्लो समय नेपालमा पनि एआईले बनाएका तस्वीर भाइरल भइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल एआई तस्वीरहरूमा वाटरमार्क छैन । तर, मेटाद्वारा तयार पारिएको तस्वीरमा भने वाटरमार्क हुने कम्पनीले सार्वजनिक गरेको डेमोमा हेर्न सकिन्छ ।

अमेरिकाबाहेक अन्य देशमा यो टुल कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।

यो टुल नेपालमा उपलब्ध नभए पनि तत्काललाई भने नेपालबाट मेटा अकाउन्ट बनाउन सकिन्छ । ​मेटा अकाउन्ट फेसबुक तथा इन्स्टाग्राम र ईमेल आईडी प्रयोग गरी बनाउन सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१