फुटबलरमाथि ५० वर्षको प्रतिवन्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७१, आईतवार १३:४६
काठमाडौं । स्विट्जरल्याण्डका एक एमेच्योर फुटबलरमाथि  ५० वर्षको प्रतिवन्ध लागेको छ ।
रेफ्रीको अनुहारमा बलले हान्नुका साथै पानी छ्यापेपछि रिकार्डो फरेरामाथि यो प्रतिवन्ध लागेको हो । उनी पोर्चुगल फुटबल क्लबका डिफेण्डर हुन् ।

उनले भनेका छन्, मैले एक वा २ बर्ष अनुमान गरेको थिएँ । किन ५० वर्ष  ? फुटबल मेरो जीवन हो ।
चौथो श्रेणीको लिगका कानून व्यवासयीले भने यस्तो खेलाडी लिगमा नचाहिने बताएका छन् ।
बेर्न लिगमा फरेरा एससी वर्बविरुद्ध बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । रेफ्रीले खेल सकिएको संकेत दिने सिट्टी बजाएपछि फरेरा आक्रमणमा उत्रिए ।
अब उनले सन् २०६४ जुन ५ पछि मात्र फुटबल खेल्न सक्नेछन्, जति बेला उनको उमेर ७८ वर्ष हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१