बुढानीलकण्ठका १३ जना स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८०, शुक्रबार ०७:१३

काठमाडौं। “स्वास्थ्य क्षेत्रमा दिगो विकास : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ बुढानीलकण्ठ नगरपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।

दिवसको अवसर पारेर जनस्वास्थ्य महाशाखाले मंसिर १९ गते वडा नं ७ स्थित ताज प्यालेसमा स्वास्थ्य स्वयंसेविका दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नगरपालिका सबै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको महाशाखाले जनाएको छ ।

सोहि कार्यक्रम मार्फत नगरपालिकाले ६० वर्ष पुरा भएका बुढानीलकण्ठका १३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालका अनुसार महेन्द्र ठकुरी, शान्ती तामांग, सकुन्तला बुढाथोकी, सिता कार्की, धन कुमारी खड्का, सावित्री बरुवाल, भुनु खड्का, भगवती सिलवाल, दिपा राई, मनका खत्री, लेवन लामा, मेनुका के.सी. र लक्ष्मी श्रेष्ठ लाई सम्मान गरिएको हो ।

नगर प्रमुख मिठाराम अधिकारी र उप्रमुख अनिता लामाद्वारा १३ जनालाई फुलमाला र दोसल्ला ओडाई सम्मान पत्र वितरण गरेका थिए । सम्मानित १३ जनाले पुरस्कार स्वरुप नगद रु.५० हजार प्राप्त गरेका छन।

आज भएको कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्याल, सामाजिक विकास समितिकी संयोजक शान्ता ढकाल पुडासैनी , महिला पुनस्थापना केन्द्रकी अध्यक्ष डा. रेनु अधीकारी, महाशाखा प्रमुख महेश पाठक, लेखा अधिकृत केदार प्रसाद देवकोटा, नर्सिङ्ग निरीक्षक सम्झना कुँवर, जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल , जनस्वास्थ्य अधिकृत उपमा दहाल, परिवार नियोजन निरीक्षक उमेश गौतम लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

May be an image of 4 people, dais and textNo photo description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१